नियम
पूर्व स्वीकृति नदिइने

नियम ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा मन्त्रालयले क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा कम्पनी संस्थापना गर्नको लागि पूर्व स्वीकृति दिने छैन ः-
(क) प्रस्तावित क्यासिनोको नाम पहिले नै संस्थापना भई कायम रहेको क्यासिनोको नामस“ग मिल्ने भएमा,
(ख) कम्पनीको प्रस्तावित सञ्चालक नियम ७ बमोजिम अयोग्य भएमा,
(ग) कम्तीमा पच्चीस करोड रुपैयँ“को चुक्ता पू“जी नभएको, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा पन्ध्र करोड रुपैयँ“को चुक्ता पू“जी नभएको,
(घ) धार्मिक वा सा“स्कृतिक महत्वको दृष्टिले संवेदनशिल मानिएको क्षेत्रमा क्यासिनो स्थापना गर्न प्रस्ताव गरेको भएमा,
(ङ) प्रस्तावित क्यासिनो स्थल अन्तर्राष्ट्रिय सिमाना क्षेत्रबाट तीन किलोमिटरको दूरी भित्र रहेमा,
(च) क्यासिनो सञ्चालन गर्ने स्थान पर्यटकीय सम्भाव्यताको दृष्टिकोणबाट उपयुक्त नदेखिएमा ।